ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत कायम, रिपो दर ०.५० प्रतिशतले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहने निक्षेप संकलन दरलाई एक प्रतिशतले बिन्दुले घटाएर साढे चार प्रतिशत कायम गरेको छ ।

राष्ट्र बैंकले आज एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै निक्षेप संकलन दर घटाएसँगै रिपो दर पनि शून्य दशमलव ५० प्रतिशत बिन्दुले घटेको छ ।

यसअघि वाणिज्य बैंकहरुमा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर साढे सात प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर साढे पाँच प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दर सात प्रतिशत थियो ।

स्थायी तरलता सुविधा दरलाई भने साढे सात प्रतिशतमा यथावत राखिएको छ । तर तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई साढे चार प्रतिशत पु¥याइएको छ । त्यस्तै, नीतिगत दरको रुपमा रहेको रिपो दरलाई साढे छ प्रतिशत कायम गरिएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिमार्फत् निक्षेप संकलन दर र नीतिगत दर घटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स