काठमाडौं । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फन्ड’ नामक खुलामखी योजनाले लाभांश घोषणा गरेको छ।
योजना व्यवस्थापकको साउन ११ गते अपरान्ह ४ बजे बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ४ प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो।
क्यापिटलले लाभांश वितरणको लागि साउन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ सो मितिसम्म कायम रहेका सम्पूर्ण इकाइधनीहरुमात्रै प्रतिफल पाउन योग्य हुने क्यापिटलले जनाएको छ।
यो खुलामुखी योजना हो। यस योजनाका इकाइधनीहरुले आफूले प्राप्त गर्ने लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत थप इकाइ खरिद गर्न सक्ने क्यापिटलले जनाएको छ। यसअघि यो योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाइधनीहरुको हितग्राही खातामा यथाशीघ्र इकाइ पठाइने पनि क्यापिटलले जनाएको छ।
यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ।