अमेरिकी डलर, यूरोको भाउ घट्दा, अन्य भाउ कस्तो ?

काठमाडौं । आज अमेरिकी डलरको मूल्य केहि घटेको छ भने अन्य विदेशी मुद्राको विनिमय दर केहि बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिद भाउ १३०.८० रुपैयाँ रहेको छ भने बिक्री दर १३२.४० रुपैयाँ रहेको छ । बिहीबार एक अमेरिकी डलरको खरिद दर १३०.९० रुपैयाँ र बिक्री दर १३१.५० रुपैयाँ कायम भएको थियो ।

१ युरोपियन युरोको खरिद दर १४५.७० रुपैयाँ र बिक्री दर १४६.३७ रुपैयाँ रहेको छ । बिहीबार १ युरोको खरिददर १४५.०६ र बिक्रीदर १४५.७३ रुपैयाँ थियो ।

आज बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने केही बढेको छ । बिहीवार बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६९.१२ र बिक्रीदर १६९.८९ रुपैयाँ कायम भएको थियो । शुक्रवार यसको खरिददर १६९.६१ र बिक्रीदर १७०.३९ रुपैयाँ कायम छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स