काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । जस अनुसार अबदेखि बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सजिलै बैंकको अनलाईनबाटै डिम्याट खाता तथा मेरो सेयर खोल्न सक्नेछन् ।
अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ ।
साथै बैंकमा खाता नभएका ग्राहकहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ ‘शुभलाभ लगानी बचत खाता’ खोली यो सुविधा उपभोग गर्न सक्नेछन् जस अन्तर्गत ग्राहकहरुले प्रथम वर्ष नि: शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैंकले सोसल मिडिया बैंकिंङ, केएस आइमोबाइल, जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकिंङ सेवा प्रदान गर्दै आएको छ ।