मुक्तिनाथ विकास बैंकका ग्राहकलाई महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको विभिन्न सेवामा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिंङ ग्राहकहरूलाई थप सेवा प्रदान गर्ने लक्ष्यले उक्त सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिंङ ग्राहकहरुले बसुन्धारामा रहेको महेन्द« नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक –इन हाउस, र्फामेसी, प्रक्रियामामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटिएम काड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाईल बैंकिंङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिंङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिंङ जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स