एनआईसी एशिया क्यापिटलले गर्यो लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ४६ प्रतिशत लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४६ प्रतिशत (कर सहित) का दरले ९ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले साउन ३२ गते सातौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको साधारण सभा एनआईसी एशिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजे बोलाइएको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

१. आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात र मिति २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरि पारित गर्ने ।

३. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४६ प्रतिशत (कर सहित) का दरले हुन आउने कर सहित रु ९,२०,००,०००( (अक्षरेपी नौ करोड बीस लाख मात्र) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

४. आर्थिक वर्ष २०८० र ०८१ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षण समितिको सिफारिश बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स