काठमाडौं । नेपाल राष्ट्र बैंकले २० लाख रुपैयाँसम्मको कृषि कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्ने व्यवस्था भएको छ ।
राष्ट्र बैंकले वित्तीय वित्तीय चेतनाको लासग जारी गरेको वित्तीय सूचनामा खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालन जस्ता कार्यको लागि २० करोड लाखसम्म कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
बैंक तथा वित्तीय संस्था तथा यसको शाखाले यस प्रकारको कर्जा सम्बन्धी निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा जवाफ दिनुपर्ने व्यवस्था रहेको छ ।