अमेरिकी डलर र पाउण्डको भाउ बढ्दा यूरोको घट्यो, यस्तो छ अन्य विदेशी मुुद्राको विनिमय दर

काठमाडौ । आज बुधबार अमेरिकी डलर र पाउण्डको भाउ केहि बढेको छ । आज बुधबार अमेरिकी डलरको भाउ १३०.७० रुपैयाँ खरिद मूल्य र १३१.३० रुपैयाँ बिक्री मूल्य तोकेकोे छ ।

नेपाल राष्ट्र बैंकले हिजो मंगलबारको लागि १३१.२१ रुपैयाँ डलर बिक्री मूल्य र १३०.६१ रुपैयाँ खरिद मूल्य तोकेको थियो ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.३० रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३०.७० रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

आज बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६७.७९ र बिक्रीदर १६८.५६ रुपैयाँ कायम भएको छ। मंगलबार यसको खरिददर १६७.५८ र बिक्रीदर १६८.३४ रुपैयाँ कायम थयो।

आज डलर र पाउन्डको भाउ बढ्दा युरोको दरमा सामान्य गिरावट आएको छ । युरोपियन युरोको भाउ घटेको छ । बुधबार १ युरोको खरिददर १४४.३७ र बिक्रीदर १४५.०३ रुपैयाँ छ। मंगलबार १ युरोको खरिददर १४४.८६ र बिक्रीदर १४५.५३ रुपैयाँ थियो।

१० जापानी येनको खरिददर ९.२४ र बिक्रीदर ९.२८ कायम भएको छ । १० कोरियन ओनको खरिददर १०.२४ रुपैयाँ र बिक्रीदर १०.२८ रुपैयाँ कायम छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स