काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक लघुवित्तको ६७ हजार कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
जसमा, लघुवित्तको ४.७५ प्रतिशत दरका कुल ६७ हजार ३ सय २९.११ कित्ता कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।