सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको असोज १९ गते (मंगलबार) बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने २७ करोड ३६ लाख ९७ हजार २ सय ४२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४४ लाख ५ हजार १ सय १८ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ७३ करोड ६९ लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स