राष्ट्र बैंकको लक्ष्य अनुसार नै पनि यो आवमा ५६५ अर्ब कर्जा विस्तार हुन्छः सुनिल केसी, अध्यक्ष बैकर्स संघ

काठमाडौं । राष्ट्र बैंकले निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको लक्ष्य अनुसार चालु आर्थिक वर्षमा ५६५ अर्ब रुपैयाँ कर्जा प्रवाह हुने बताएका छन् । सोमबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति सन्तुलित मौद्रिक भएको र लक्ष्य अनुसारमात्रै पनि सो कर्जा विस्तार हुन बताएका हुन् ।

गत आवमा सरकारले १२.५ प्रतिशत निजी क्षेत्रतर्फ हुने कर्जाको लक्ष्य तोकिएको थियो । यद्यपि गत आर्थिक वर्षमा ३.५ प्रतिशतमात्रै कर्जा विस्तार भएको उनले बताए । ‘आव २०७७/७८मा २७/२८ प्रतिशतको कर्जा ग्रोथ हुँदा पनि जम्मा ८ खर्ब १८अर्ब कर्जा विस्तार भएको थियो ।

यसमा पनि राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउने उद्देश्य राखेको र यसले यसले रियल इकोनेमिलाई नै सपोर्ट गर्ने संघले जनाएको छ ।

राष्ट्र बैंकले लिएका नीतिहरूमा स्थायित्व ल्याउन खोजेको समेत बैंकर्स संघले जनाएको छ । राष्ट्र बैंकले सीआरआर, एसएलआरलगायतका दरहरू स्थिर राखेर आफ्नो नीतिलाई स्थायित्व दिन खोजेको जनाएको छ ।

यस्तै चालु पूँजी कर्जामा संशोधन गर्ने कुरा गरेकोले यसले निजी क्षेत्रको सोत माग सम्बोधन भएको बताए ।

ग्रिन बण्ड, सस्टेनेबल बण्ड, ब्लेन्डेड फाइनान्सलगायतलाई मौद्रिक नीतिले समेट्न नसकेको संघले जनाएको छ । नेपालको लागि यस्ता विषय अत्यावश्यक भए पनि त्यसलाई मौद्रिक नीतिले समेट्न नसकेको संघका अध्यक्ष केसीले बताए ।

यस्तै बैंकहरूको बढ्दो खराब कर्जालाई पनि मौद्रिक नीतिले समेट्न नसकेको संघले जनाएको छ । ‘हुन त अहिले केहि सहज भएको छ । यसमा अझै काम गर्नुपर्ने विषय छ,’ संघका अध्यक्ष केसीले भने ।

यसैगरी उनले आगामी दिनमा बैंकहरूको ब्याजदर अझै घट्ने देखिएको बताए । राष्ट्र बैंकको व्यवस्था अनुसार स्प्रेड दर असारमा नै ४ प्रतिशतमा झार्नु परेकोले पनि बैंकहरूको कर्जाको ब्याजदर घटाउने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स