काठमाडौं । प्राविधिक विश्लेष्णको आधारमा अभियान माइक्रो फाइनान्समा विक्ली तथा डेलि चार्टमा भोल्यूम सहित अभियान माइक्रो फाइनान्समा बन्यो ‘कप एण्ड ह्यान्डल’ प्याट्रन फर्मेशन भएको छ । प्राविधिक रुपमा यस्तो खालको कप एण्ड हयान्डल प्याट्रन टेक्निकल चार्टमा फर्मेशन भएपछि उक्त स्टक लगातार बुलिश ट्रेण्ड मा रहि अझै माथिनै जाने जनाउने गर्दछ । यो प्याट्रन फर्मेशन हुँदा ट्रेडर तथा लगानीकर्ताको रोजाइको स्टक बन्ने अनुमान गर्ने गरिन्छ । यो प्याट्रनमा भोल्यूम सहित दैनिक कारोबार हुनुलाई सकारात्मक मान्न सकिन्छ ।
यो प्याट्रनको संकेत भनेको कम्पनी लगातार बुलिश ट्रेण्डमा छ र कम्पनीको मूल्य अझै माथिनै जाने संंकेत गर्दछ । अभियान माइक्रो फाइनान्समा यो प्याट्रन साप्ताहिक तथा दैनिक चार्ट दुवैमा फर्मेशन भएको छ भने कारोबार भोल्यूमले पनि निरन्तर साथ दिदै कारोबार संख्या र भोल्यूम बढि रहेको देखिन्छ । कपन एण्ड ह्यान्डल प्याट्रनमा कप को डेप्थ जति गहिराइका साथ बनेको छ यसले रेसिष्टेन्ट बे्रक आउट गरेपछि मूल्य बढ्ने अनुपात त्यतिनै माथि रहन्छ जस अनुसार यसको कारोबारलाई कप एण्ड हयान्डल प्याट्रनले टेष्ट गरिसकेपछि मूल्य ब्रेकआउट अझ माथिल्लो विन्दुमा देखाउँछ जसको पा्रविधिक चार्ट अनुसार यस कम्पनीको मूल्य ९७० रूपैयाँ सम्म पुग्ने साप्ताहिक चार्ट प्याट्रन तथा दैनिक चार्ट प्याट्रनमा स्पष्ट देखिन्छ ।
अभियान माइक्रो फाइनान्स २०२२ सेप्टेम्बर २५ तारिक देखि नेप्सेमा निरन्तर कारोबार भइरहेको नयाँ माइक्रो फाइनान्स हो । ३१६ रूपैयाँ ओपनिङ मूल्यबाट सुरु भएको कारोबार १३ दिनको निरन्तर सर्किट पछि ९६३ रूपैयाँमा मूल्य करेक्सन भएको देखिन्छ । केहि महिनाको कन्सोलिड्रेशन पछि मूल्य निरन्तर बुलिश ट्रेण्डमा छ । आजको दैनिक कारोबार पश्चात आरएसआईमा ६० लेभलमाथि डब्लु प्याट्रन बनि ६३.५९ मा रहेको छ । यस प्याट्रन अनुसार मूल्य तेजि रुपमा माथि जाने देखिन्छ जसले सर्ट ट्रममा सम्पूर्ण रुपमा मूल्य बे्रक आउट गरेको देखिन्छ । यसको सप्लाई एरिया ९७० आसपास देखिन्छ भने यसको चुक्ता पूँजी २५ करोड रहेको छ जसमा १५ लाख २५ हजार(६१ प्रतिशत) कित्ता प्रमोटर सेयर तथा ९ लाख ७५ हजार (३९ प्रतिशत) कित्ता साधारण सेयर संख्या रहेकोे छ ।
नोटः सेयर बजारमा गरिने लगानी जोखिमपूर्ण रहेको हुन्छ त्यसैले यो माथिको प्राविधिक विश्लेषण कारोबारका लागि सिफारिस गरिएको भने होइन।