पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ पनि समस्याग्रस्त घोषणा, २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता भएन

काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । मन्त्रीस्तरीय निर्णयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता गरेको छैन । उक्त सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको विज्ञप्तीमा जानकारी गराएको छ ।

सहकारी विभागले २९ फागुन २०७९ मा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । यस्तै विभागले सहकारीका अध्यक्ष सीबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो । यद्यपि सीआईबीले अहिलेसम्म कारबाही अगाडि बढाएको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स