२५ लाखसम्मको अटो कर्जामा राष्ट्र बैंकको सहुलियत, जोखिम भार १०० प्रतिशतमात्रै

काठमाडौं। अथो कर्जामा राष्ट्र बैंकले केहि सहुलियत दिएको छ । नेपाल राष्ट्र बैंकले २५ लाखसम्मको अटो कर्जामा कायम हुने जोखिम भार घटाएर सो सहुलियत देखाएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आइतबार हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भनेको थियो । मौद्रिक नीति सार्वजनिक पछि आयोजित पत्रकार सम्मेलनमा उनले २५ लाखसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत कायम गरेका हुन् ।

यसअघि अटो कर्जामा लाग्दै आएको १५० प्रतिशत जोखिम भार घटाइएको बताए । उनले २५ लाखसम्मको अटो कर्जामा अबदेखि १०० प्रतिशत मात्र जोखिभार लाग्ने बताए।

तर २५ लाखभन्दा माथिको अटो कर्जामा भने १५० प्रतिशत नै जोखिमभार कायम हुने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । कुनै समय अटो कर्जाको जोखिम भार ७५ प्रतिशत मात्र पनि थियो। उक्त जोखिम भारलाई राष्ट्र बैंकले १५० प्रतिशत पु¥याएको थियो।

त्यसपछि गाडी खरिद गर्न लिइने कर्जामा धेरै जोखिम भार वहन गर्नु परेको भन्दै बैंकहरुले कर्जा प्रवाह गर्न सकिरहेका थिएनन्।

अब भने हायर पर्चेज कर्जाको जोखिम भार घट्दा बैंकको लोनएबल रकम बढ्नेछ। यसले ५० लाखसम्मका गाडी फाइनान्सिङ गर्न पहिलेको भन्दा सहज हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स