काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार प्रालिबीच आज छुट सम्झौता भएको छ।
यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सबैले काठमाण्डौको बालुवाटारस्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।