वित्तीय गहिराई मापनका लागि अब बीमासहित गैर बैंकिङ क्षेत्र पनि राष्ट्र बैंकको फाइनान्सिय कर्पोरेशन सर्वेमा समेटिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय गहिराई मापनका लागि अब बीमासहित गैर बैंकिङ क्षेत्र पनि राष्ट्र बैंकको फाइनान्सिय कर्पोरेशन सर्वेक्षणमा समेट्ने भएको छ । मौद्रिक नीतिको बुँदा नम्बर १०४ मा वित्तीय गहिराई मापनका लागि बैंक तथा वित्तीय संस्थाको अतिरिक्त लघुवित्त वित्तीय संस्था, बिमा कम्पनी, नागरिक लगानी कोष र कर्मचारी संचय कोष लगायतका अन्य गैर–बैंकिङ वित्तीय संस्थाहरूको वासलात समावेश भएको वित्तीय सर्वेक्षण तयार गरी प्रकाशन गरिने उल्लेख छ ।

बैंकिङ प्रणालीको स्थायित्वको लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकोले बैंकिङ क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गर्ने भएको छ ।

नेशनल बैंकिङ ईन्स्टिच्यूट जस्ता संस्थाहरुसँगको सहकार्यमा बैंकिङ सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेशन कोर्ष पूरा गरेकालाई प्राथमिकता दिनेसम्बन्धी व्यवस्था गरिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स