काठमाडौं । अब विकास बैंकहरूले समेत क्यापिटल एड्युकेसी फ्रेमवर्क २०१५’ अनुसार पुँजीकोष कायम गर्नु पर्ने भएको छ । राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रिय स्तरका विकास बैंकहरुले समेत पूर्ण रुपमा क्यापिटल एड्युकेसी फ्रेमवर्क २०१५’ अनुसार पुँजीकोष कायम गर्नु पर्ने व्यवस्था लागू गर्नुपर्ने भएको हो ।
योसँगै अब विकास बैंकहरू पनि पुँजी कोषको व्यवस्थाको दायरामा आउनेछन् । गत आर्थिक वर्षमा कतिपय वाणिज्य बैंकको पुँजीकोष कायम नहुँदा कर्जा विस्तार गर्न पाएका छैनन् भने कसैले राष्ट्र बैंकबाट निर्धारित सीमा नपुग्दा लाभांश समेत वितरण गर्न पाएका छैनन् । गत आवमा लामो समयसम्म एनआईसी एशिया बैंकले कर्जा विस्तार नै गर्न पाएन । एनआईसी एशियाजस्तै अन्य केहि बैंक पनि समस्यामा छन् ।