अब विदेश जाँदा २५ सयसम्म डलर साट्न पाइने

काठमाडौं । राष्ट्र बैंकले डलर सटही सुविधा १ हजारले बढाएर २५ सय पुर्याएको छ । भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म २५ सय डलरसम्म उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । गत आवसम्म यस्तो सटही सुविधा १५ सय अमेरिकी डलरसम्म थियो ।

हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृति÷सिफारिस र तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुमार्फत पठाउन सकिने व्यवस्था पनि चालु आवको मौद्रिक नीतिले गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स