कर्जा विस्तारको लक्ष्य नै खुम्चियो, ६ प्रतिशतको आर्थिक वृद्धि कसरी ?

काठमाडौं । नेपाल राष्ट्र निजी क्षेत्रतर्फको कर्जा विस्तारको लक्ष्य घटाएको छ । गत आर्थिक वर्षमा १२.६ प्रतिशत तय गरिएको यस्तो लक्ष्य चालु आवको लागि घटाएर ११.५ प्रतिशतमा सीमित गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेट वक्तव्यले लक्षित गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने प्राथमिकता रहेको भन्दै कर्जा प्रवाहको लक्ष्य नै राष्ट्र बैंकले घटाएको हो । यस क्षेत्रसँग सम्बन्धित विज्ञ तथा पूर्व गभर्नरले समेत ६ प्रतिशतको आर्थिक वृद्धिको लागि १८/२० प्रतिशतले कर्जा विस्तार हुने बताइरहेका छन ्।

आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स