घर बनाउन अब २ करोड रुपैयाँसम्म ऋण लिन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आवस कर्जाको सीमा बढाएको छ । बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड पुर्याएको हो ।

महँगी बढ्दै गएपछि राष्ट्र बैंकले पहिलो पटक आवास निर्माण गर्नेलाई सो सीमासम्म कर्जा दिन सक्ने व्यवस्था गरेको हो ।

यसअघि आवासिय घर (हाउजिङ) निर्माण गर्न कर्जा लिँदा धितोको वास्तविक बजार मूल्यको ६० प्रतिशतसम्म बैंकले कर्जा दिन पाउने व्यवस्था थियो । पहिलो पटक घर निर्माण वा खरिद गर्नेलाई धितोको वास्तविक बजार मूल्यको ७० प्रतिशतसम्म बैंकले कर्जा दिन पाउने व्यवस्था थियो ।

राष्ट्र बैंकले १ करोड ५० लाख रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवासियक कर्जा मानेको छ । यसरी प्रवाह गरिएको कर्जाको ६० प्रतिशत जोखिम भारबापत बैंकले कर्जा स्वीकृत गर्दा नै प्रोभिजन पर्ने व्यवस्था थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स