निफ्राको नाफा बढ्यो, ईपीएस र विवरणयोग्य मुनाफा कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.७१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएकोे थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढेसँगै बैंकको नाफा बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेको छ ।

बैंकको कुल सञ्चालन मुनाफा ४५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.६८ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २ पैसा बढेर ६ रुपैयाँ ७६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ ।

गत असार मसान्तसम्ममा २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १०३.५७ प्रतिशत बढेको छ भने कर्जा २९.६१ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स