माछापुच्छ्रे बैंकद्वारा नेपालमा पहिलोपटक क्यूआर प्रणालीमा भ्वाइस बक्स प्रविधिको सुरुवात

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलोपटक क्यूआर प्रणालीमा भ्वाइस बक्स (इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको सुरुवात गरेको छ।

बैंकले नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागलगायत यस बैंकका अन्य केही स्थानहरुबाट यो प्रविधिको शुभारम्भ गरेको हो। यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ।

आज साउन ५ गतेबाट क्यूआरमा भ्वाइस बक्स जडान गरी माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको सुरुवात गरेको हो। अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएससँगसँगै ध्वनि (साउन्ड)मार्फत हुनेछ। जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्यूआरप्रति लोकप्रियता एवं विश्वसनीयता अझ बढ्ने अपेक्षा बैंकले गरेको छ। यसका साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ।

यस सुविधाबाट हजारौं साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुनेछन्। सोको प्रयोगले ग्राहक र मर्चेन्टहरुबीच देखिएका केही भुक्तानीसम्बन्धी विवाद निराकरण हुने विश्वास बैंकले लिएको छ।

हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जनाएको छ।

यसबाहेक फरक–फरक माध्यमहरुमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैँ तत्पर रहेको छ। बैंकले नगदरहित बैंकिङलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’का रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स