कर्जामा बढ्दै गयो जोखिम, ११ महिनामा बैंकहरूले छुट्याए ५३ अर्ब ७७ करोड प्रोभिजन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको ११ महिनामा ५३ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ प्रोभिजन गरेका छन् । २०७९ असारसम्म बैंक तथा वित्तीय संस्थाले २५ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ प्रोभिजन गरेका थिए । चालु आवको ११ महिनामा गरिएको जोखिम वापत गरेको प्रोभिजनमध्ये ५३ अर्ब ७२ करोड ७२ लाख लोन लस प्रोभिजन हो ।

लोन लस प्रोभिजनमा जनरल, पास, वाच, स्पेशल एडिशनल लोन लस प्रोभिजन पर्छ भने यो बाहेक राष्ट्र बैंकले गैर बैकिंङ सम्पत्ति, इन्भेष्टमेन्ट र अन्य सम्पत्तिबाट हुने लसको लागि पनि प्रोभिजन गर्न लगाउने गरेको छ ।

चालु आवको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले जनरल लोन लस प्रोभिजनमा १६ अर्ब २९ करोड २२ लाख रुपैयाँ प्रोभिजन गरेका छन् । बैंक तथा वित्तीय संस्थाले पास लोन लसमा ९ अर्ब ५ करोड रुपैयाँ प्रोभिजन गरेका छन् भने वाच लिष्टमा परेका लोनका लागि ७ अर्ब २३ करोड रुपैयाँ प्रोभिजिङ गरिएको छ ।

सो अवधिमा वाणिज्य बैंकहरूलेमात्रै ४५ अर्ब १८ करोड प्रोभिजिङ गरेका छन् भने विकास बैंकको यस्तो प्रोभिजिङ ७ अर्ब १८ करोड रुपैयाँ रहेको छ । फाइनान्स कम्पनीहरूले समेत १ अर्ब ४० करोड रुपैयाँ रिक्स व्यवस्थापनको लागि रकम छुट्याएका छन् ।

कुमारी बैंकको ऋणमा बढी जोखिम
कुमारी बैंकले चालु आवको ११ महिनामा ६ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ प्रोभिजिङ गरेको छ भने एनआईसी एशिया बैंकको प्रोभिजन सबैभन्दा कम देखिएको छ । सबैभन्दा बढी ऋणलाई कालो सूचीमा राख्नको लागि सूचना निकाल्ने एनआईसी एशिया बैंकको कर्जा तथा सम्पत्तिको लागि गरिने रिक्स व्यवस्थाको लागि छ्ट्याइने रकम अत्यन्त कम छ । बैंकले चालु आवको ११ महिनामा ५३ करोड रुपैयाँमात्रै प्रोभिजनका लागि रकम छुट्याएको छ ।

बढी प्रोभिजन गर्ने बैंकहरूको दोस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक परेको छ । बैंकले गत आवको ११ महिनामा ४ अर्ब ६१ करोड रुपैयाँ रिक्स व्यवस्थापनको लागि प्रोभिजन गरेको छ ।

नबिलले पनि ऋण तथा बैंकिङ तथा गैर बैकिङ सम्पत्तिको व्यवस्थापनको लागि ३ अबै ९६ करोड रुपैयाँ प्रोभिजिङ गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २४ करोड रुपैयाँ प्रोभिजिङ गरेको छ । अर्को सरकारी बैंक कृषि विकास बैंकको अवस्था पनि उस्तै छ । कृषि विकास बैंकले पनि ३ अर्ब ३० करोड रुपैयाँ प्रोभिजिङ गरेको छ ।

सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि र प्रभु बैंकले पनि २ अर्बभन्दा माथि प्रोभिजिङ गरेका छन् भने अन्य बैंकको प्रोभिजिङ १ अर्ब र २ अर्बकोबीचमा रहेको छ । माछापुच्छे, एभरेष्ट नेपाल एसबीआई बैंकको प्रोभिजिङ रकम भने अर्बभन्दा कम रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स