काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको ‘लक्ष्मी भ्यालु फण्ड २ ’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुल्ला भएको छ । क्यापिटलले हाज साउन ०५ गतेबाट सर्वसाधारण लगानीकर्ताको लागि ‘ लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईहरु निष्काशन गरेको हो ।
जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको छ ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यो फण्डमा छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।