काठमाडौं । विदेशमा ऋण लिन नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट बैंक ग्यारेण्टी वा स्ट्याडवाइ लेटर अफ क्रेडिज जारी गर्न पाउने भएका छन् । विदेशी मुद्रा आम्दानी गरेका नेपाली फर्म/कम्पनी/संघ/संस्था/निकाय लगायतलाई विदेशमा कारोबार सञ्चालन गरी नेपाल थप विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले बाटो खुला गरेको हो ।
विदेशी मुद्रा भित्र्याउनने प्रयोजनका लागि तोकिएको शर्त तथा कागजातहरुको आारमा विदेशमा ऋण लिने प्रयोजनका लागि बैंक ग्यारेण्टी वा स्ट्याडवाइ लेटर अफ क्रेडिज जारी गर्न पाउने व्यवस्था गरिएको हो ।
राष्ट्र बैंकले एकीकृत परिपत्र-२०७६ को एकीकृत इ.प्रा परिपत्र १४/२०७६ मा संशोधन गरेको छ । विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयो गरी राष्ट्र बैंकले सूचना जारी गरेको छ ।