एनआईसी एशिया लघुवित्तको लाभांशलाई लगानीकर्ताको रातो झण्डा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा पछिको पहिलो कारोबारमै कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कम्पनीको असोज १८ गते (सोमबार) बसेको सञ्चालक समितिको १३० औं बैठकले सेयरधनीलाई ५.४१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

हालसम्म लाभांश घोषणा गरेका माइक्रोफाइनान्स मध्ये कम्पनीको लाभांश न्युन देखिएको छ । ५.४१ प्रतिशत मात्र नगद लाभांश घोषणा गरेकाको कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

सोमबार कम्पनीको सेयर प्रति कित्ता १२६९ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार १२६.९० रुपैयाँले घटेर ११४२.१० रुपैयाँमा झरेको छ । आज कम्पनीको सेयर ३६५ पटकमा १४ हजार २७ कित्ता कारोबार भएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ३९ लाख ४४ हजार रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स