सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले ४६ लाख ७२ हजार ९५४.५ रुपैयाँबराबरको एफपीओ निष्काशन गर्न लागेको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ४६ हजार ७२९.५४५ कित्ता एफपीओ बिक्री खुला गर्नेछ।

कम्पनीले कुमारी क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा चयन गरेको छ ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सूर्योदय वोमी लघुवित्तबाट प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

सूर्योदय वोमी लघुवित्तको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ र चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रहेको छ।

संस्थाले देशभर १९२ शाखामार्फत १ लाख ७१ हजारभन्दा बढी सदस्यलाई आफ्नो सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स