विकास बैंकहरुले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने

काठमाडौं । विकास बैंकहरुले दिगो बिकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । हाललाई निम्न उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजना अन्तर्गत समेट्ने निर्णय डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालको कार्य समितिले गरेको छः
१. कृषिजन्य उद्यम
२. बनजन्य उद्यम
३. जल उर्जा
४. सौंर्य उर्जा
५. जैविक उर्जा
६. वायु उर्जा
७. केवलकार÷रोपवे,
८. विद्युतीय सवारी साधन,
९. फोहोर पानी प्रशोधन गर्ने उद्यम आदि ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानी तुलनात्मकरुपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो बिकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने निर्णय डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालले गरेको हो ।

हरित कर्जा योजनामा गरिने लगानीका लागि बिस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने भएको छ ।

‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्दति निक्षेपमा भन्दा शुन्य दशमलव पच्चिस प्रतिशत अंकले बढि व्याज प्रदान गर्ने र ‘हरित कर्जा योजना’ मा अन्य सोही प्रकृतिको कर्जा योजनामा भन्दा शुन्य दशमलव पच्चिस प्रतिशत अंकले कम व्याजमा कर्जा प्रवाह गर्नेगरी कर्जा योजनाको प्रडक्टपेपर बिकास गरिने भएको छ ।

सदस्य बैंकहरुले आ–आफ्ना बैंकको व्यवसायिक रणनीति अनुसार अझ बढी सुबिधा दिनेगरी प्रडक्टपेपरलाई बिकास गर्न सक्ने निर्णय पनि एशोसियनले गरेको छ । कार्वन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग÷व्यवसायले हरित कर्जा सुबिधा लिन पाउने छैनन् ।

आ–आफ्ना बैंकका संचालक समितिबाट प्रडक्टपेपर स्वीकृत गराइ ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउनका लागि एशोसियसनले आफ्ना सदस्य बैंकहरुलाई परिपत्र जारी गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स