कुमारी क्यापिटलको सीईओमा पुष्प शर्मा नियुक्त

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्प शर्मा नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको ५८ औं बैठकले शर्मालाई सीईओमा नियुक्त गरेको हो ।

उनको कार्यकाल आजै अर्थात साउन १ गतेदेखि लागू हुनेछ । शर्माले यसअघि निजले कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा १३ वर्ष भन्दा बढीको कार्य अनुभव शर्मासंग छ । उनी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल व्यवस्थापक मानिन्छन् ।

उनी यसअघि अर्थात कुमारी क्यापिटलमा आबद्घ हुनुपुर्व नेपाल एसबिआई मर्चेण्ट बैंकिङमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको रुपमा नेपाल एसबिआई बैंकबाट काजमा रहि कार्यरत थिए ।

उनको कुशल व्यवस्थापकीय क्षमताले आगामी व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुने कम्पनीले विश्वास लिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स