नबिल बैंकले बढायो ब्याजदर, निक्षेपमै दिने भयो करिब साढे १० प्रतिशत ब्याज

काठमाडौं । नबिल बैंकले साउन १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । बैंकले साउन महिनाको लागि सार्वजनिक गरेको ब्याज वाणिज्य बैंकहरूले निर्धारण गरेको दोस्रो बढी ब्याजदर हो ।

वाणिज्य बैंकहरूमा सबैभन्दा बढी ब्याज एनएमबी बैंकले दिने भएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा २ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याजदर कायम रहेको छ ।

६ महिनादेखि २ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत, तीन महिनादेखि ६ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ९.४९ प्रतिशत र क्युमुलेटिभ फिक्स्ड डिपोजिटमा ९.९९ प्रतिशत ब्याज दिने सूचनामा उल्लेख गरेको छ । यसअघि सबै प्रकारका मुद्दती निक्षेपमा बैंकले ९.९९ प्रतिशत ब्याज दिँदै आएको थियो ।

नबिल रेमिट्यान्स फिक्स्ड डिपोजिट खातामा ११.४९ प्रतिशत ब्याज दिने भएको छ । राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंकले रेमिट्यान्स खातामा अन्य खाताको भन्दा बढी ब्याज दिन भएको हो ।

बचत निक्षेपतर्फ बैंकले नबिल प्रिमियम रेमिट्यान्स बचत खातामा सबैभन्दा बढि अर्थात ८.९० प्रतिशत ब्याज दिने जनाएको छ । नबिल गोल्ड बचत खाता, कर्पोरेट बचत खाता, नबिल गोल्ड पेरोल बचत खाता, नबिल ढुक्क बचत खातामा ७.९० प्रतिशत ब्याज दिने उल्लेख छ ।

नबिल सेयर होल्डर्स बचतखाता र नबिल प्रिमियम पेरोल बचतखातामा ६.४० प्रतिशत ब्याज र कर्पोरेट प्रिमियम बचत खातामा ६.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । अरु सबै प्रकारका बचत खातामा ५.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । कर्जातर्फ आधारदरमा न्युनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स