सांग्रिला विकास बैंकमा पैसा राख्दा १० प्रतिशतभन्दा बढी ब्याज पाइने, कर्जाको ब्याज भने महँगो

काठमाडौं । सांग्रिला विकास बैंकले साउन १ गतेबाट लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाको तुलनामा केहि ब्याजदर घटाएको छ ।

बैंकले मुद्दती निक्षेपमा ३ महिनादेखि १ वर्ष सम्मका लागि १० प्रतिशत र १ वर्षभन्दा माथि १०.१० प्रतिशत ब्याज दिने भएको छ । रेमिट्यान्स मुद्दती निक्षेपतर्फ ३ महिनादेखि १ वर्षसम्मका लागि ११ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ११.१० प्रतिशत ब्याज दिने जनाएको छ ।

बचत खातामा भने बैंकले सुनौलो रेमिट्यान्स बचत खातामा ८.५० प्रतिशत, सांग्रिला उन्नत बचत खाता र स्वर्णिम नारी बचत खातामा ७.५० प्रतिशत ब्याज दिने बैंकको सूचनामा उल्लेख छ । मेरो सांग्रिला बचत खातामा ६.७० प्रतिशत, सांग्रिला नौलो बचत खातामा ६.८० प्रतिशत, सांग्रिला पेरोल एकाउन्टमा ६.७५ प्रतिशत ब्याज दिने भएको छ ।

सांग्रिला समृद्धि बचत खातामा ६.७५, सांग्रिला सुपर प्रिमियम बचतमा ६.६५ प्रतिशत, सेयर होल्डर्स सेभिङमा ६.६५ प्रतिशत, जेष्ठ नागरिक बचत खातामा ६.६५ प्रतिशत, नारी बचत खातामा ६.६५ प्रतिशत, बाल भविष्य बचत ६.६५ प्रतिशत र स्टाफ सेभिङमा ६.६५ प्रतिशत ब्याज दिनेछ ।

अन्य प्रकारका बचत खातामा अधिकतम ५.८० देखि न्यूनतम ५.७० प्रतिशतसम्म ब्याज दिने बैंकको योजना छ ।

कर्र्जा आधारदरमा न्यूनतम ४ प्रतिशत देखि अधिकतम ७ प्रतिशतसम्म प्रिमियम लिने बैंकले जनाएको छ । बैंकले व्यक्तिगत फिक्स लोनमा भने आवद्यिक कर्जामा ७ वर्षभन्दा माथिका लागि १६ प्रतिशतभन्दा धेरै ब्याज लिने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स