एभरेष्ट बैंकको फिक्स कर्जामा २७ योजना, यस्तो छ नयाँ ब्याजदर

काठमाडौं । एभरेष्ट बैंकले साउन १ गतेबाट लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर केहि घटेको छ ।

एभरेष्ट बैंकले फिक्स ब्याजदरमा कर्जा सबैभन्दा बढी कर्जा योजना सार्वजनिक गरेको छ । सम्भवत यति धेरै योजना ल्याउनेमा एभरेष्ट पहिलो बैंकको छ । बैंकले निक्षेपका साथै कर्जाको ब्याजदर सार्वजनिक गरेको छ । फिक्स ब्याजदरमा करिब २७ योजना सार्वजनिक गरेको छ । जसमा न्यूनतम १२.५० प्रतिशतदेखि अधितमक १४.७५ प्रतिशतसम्म ब्याज लिने भएको छ ।

बैंकले विभिन्न प्रकारका कर्जामा आधारमा दरमा ४.५० प्रतिशत ब्याज प्रिमियम लिने जनाएको छ । असारमा बैंकको आधारदर १०.०६ रहेको छ । बैंकले सार्वजनिक गरेको योजनामा हाउजिङ लोनदेखि सवारी साधन, शिक्षालगायता विभिन्न लोन रहेका छन् ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एक वर्षभन्दा कम समयका लागि ९ प्रतिशत ब्याज, एक वर्षका लागि ९.५० प्रतिशत र एक वर्षभन्दा धेरै समयका लागि ९ प्रतिशत ब्याज दिने भएको छ । संस्थागत मुद्दती निक्षेपमा ६ महिना र त्यसभन्दा माथिका लागि बैंकले ७.५० प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले बचततर्फ सबैभन्दा बढि रेमिट्यान्स प्लस बचत खातामा ७.७५ प्रतिशत ब्याज दिने भएको छ । सेभिङ प्रिमियम, एभरेष्ट स्पेसल सेभिङ, एभरेष्ट म्याक्सी सेभिङ, स्टाफ सेभिङ इबिएल, पेरोल सेभिङ, कर्पोरेट स्यालरी र सेभिङ स्यालरीमा ६.७५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । त्यसैगरि बैंकले अन्य बचतखातामा न्यूनतम ४.७५ देखि अधिकतम ६.२५ प्रतिशतसम्म ब्याज दिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स