एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा पल शाह नियुक्त

काठमाडौं । एनएमबि बैंकले अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ ।

एनएमबि बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गरे ।

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स