काठमाडौं । आज जुलाई १२ अर्थात नबिल बैंक स्थापना दिवस । आजबाट नबिल बैंक आफ्नो ३८ वर्षे यात्रा पुरा गरेर ३९ वर्षमा प्रवेश गरेको छ । नेपालको वित्तीय बजारमा लामो समय ‘नम्बर वान’ को विरासत जोगाउन सफल नबिल बैंक नेपाल कै निजी क्षेत्रबाट सञ्चालित पहिलो बैंक हो । वि.सं. २०४१ सालमा विदेशी लगानीसहित निजी क्षेत्रका लगानीकर्ताहरूको लगानीमा स्थापना भएको यस बैंकले ३८ वर्षे यो यात्रामा धेरै राम्रा र इनोभेटिभ काम गरेको छ ।
नेपालको प्रतिष्ठित व्यवसायी घराना चौधरी ग्रूपद्वारा प्रवद्र्धित नबिल बैंक नेपालमा स्थापित बैंक तथा वित्तीय संस्थामध्ये सर्वोउत्कृट मानिन्छ नबिल बैंक । ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेर आफ्नो व्यवसायिक यात्रा तय गरेको नबिल बैंक लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बैंकको रुपमा स्थापित भएको छ । लामो समयदेखि नबिल सर्वाधिक नाफा कमाउने ग्राहकको सेवामा समर्पित डिजिटल बैंकको पुरामा स्थापित भएको छ ।
स्थापनाकालदेखिनै नेपालमै नयाँ प्रविधि भित्र्याएर ज्वाइन्ट भेन्चरमा सञ्चालनमा आएको नबिलको व्यवसायिक यात्रा अनुभवी व्यवस्थापन, स्मार्ट तथा मेहिनेती कर्मचारी, कर्मचारीलाई क्षमता अनुसारको प्रोत्साहन तथा रिक्कनाइज, विश्व बजारमा चलेका उच्चतम प्रविधि, ग्राहक फ्रेन्डी बहुउपयोगी प्रडक्टका कारण नबिलको ब्राण्ड इमेज बनेको हो ।
अनुभवी नेतृत्व र प्रतिष्ठित घरानाको लगानीले पनि ग्राहक तथा लगानीकर्ताको रोजाइमा नबिल बैंक परेको हो । नबिल बैंकभित्रको बलियो सिष्टम आज बैंकको अर्को ठूलो हो,जसले बैंकलाई यो मुकाम हासिल गरायो । त्यतिमात्रै होइन नबिलसँग नेपाल बंगलादेश बैंक गाभिएपछि नबिल बैंक नेपाल कै सबैभन्दा ठूलो क्यापिटल फन्ट भएको बैंक बनेको छ ।
दिगो विकास एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढेको यस बैंकले आफ्नो नम्बर वानको ताजलाई ब्राण्ड भ्यालूका रुपमा अंगिकार गरेको छ । नबिलको यो व्यवसायिक यात्रा नयाँ इन्टरप्रेनरसिप जन्माउनेदेखि सामाजिक उत्तरदायित्व वहनका हिसाबले पनि उत्तिकै महत्वपूर्ण र स्मरणीय छ । नबिलले व्यवसायिक र सेवा दुबै आधारमा एक सफल वाणिज्य बैंकका रुपमा आफूलाई स्थापित गरेको छ ।
दिगो बैंकिङ सेवालाई आत्मसाथ गर्दै आफ्नो व्यवसायिक यात्रा तय गरेको नबिल बैंकले स्वदेशमामात्रै होइन अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपालका एकमात्र बिलेनियर उद्यमी विनोद चोधरी र उनको परिवारको मुख्य सेयर रहेको नबिल बैंकले चौधरीलाईमात्रै अर्बपति बनाएन, उनको बैंकमा हजार लगानी गर्ने लगानीकर्ता पनि करोड पनि बने र आम नागरिकको अतिनै विश्वासिलो बैंकको रुपमा नबिल बैंक स्थापित भयो ।
यो नै नबिल बैंकको पुँजी हो, बैंकलाई अझ बलियो बनाउन नयाँ नयाँ प्रिन्सिपलहरूलाई एडप्ट गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बताउँछन् । ‘बैंकलाई सधै टूगेदरको हिसावले सबै नेपालीलाई बैंक भन्ने वित्तिकै नबिल बैंक भन्ने इमेज बनाउँछौं,’ चुस्त र विश्वासिलो सेवा दिन्छौं,’ उनले भने ‘हाम्रो केहि पिलरहरू छन् ती पिलरहरूलाई मजबुद बनाउन म र मेरो टिम दिलो ज्यान लगाएर लागिरहेका र्छौ ।
नाफालगायतका विभिन्न सूचकहरूमा ‘नम्बर वान’का रुपमा एकछत्र राज गरेको नविल बैंकको ताज पछिल्लो समय ठूला ठूला बैंक मर्ज भएर बनेको बैंकहरूको प्रतिस्पर्धामा परेको छ ।
‘व्यवस्थापनमा होस् वा बिजनेश प्राक्टिसमा नै किन नहोस् गुड गभर्नेन्स तथा बैंकिङ अभ्यासका हिसाबले नबिल बैंक नेपालकै उदाहरणीय र सबैले गर्व गर्न लायक बैंक बनेको छ ।
नेपालमा पहिलो पटक कम्प्युटराइज सिष्टमबाट सेवा दिने नेपालको पहिलो बैंक नबिल एक पछि अर्को गर्दै अरु बैंकलाई पछि पार्दै देशभर छरिएर रहेका २५६ शाखाबाट नयाँ र इनोभेटिम सेवा ऊर्जाशील भएर दिइराखेको छ ।
बैंकिङ क्षेत्रमा करिब ४ दशक अनुभव सम्हालेका बैंकका बोर्ड अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल र पायोनियर बैंकर ज्ञानेन्द्र ढुंगानाले बैंकलाई दिगो विकासका लागि दिगो बैंकिङ सेवा र सामाजिक उत्तरदायित्वसहितको वातावरणमैत्री व्यवसायलाई आत्मसाथ गर्दै अघि बढाइरहेका छन् ।
नबिलमा बसेर डिस एग्री हुनुपर्ने अवस्थानै आएनः विनय कुमार रेग्मी डेपुटी सीईओ
मानिस, समाज र वातावरणलाई असर पुर्याउने क्षेत्रमा लागनी नगर्ने त्यसको सट्टा समाजमा सामाजिक उत्तरदायित्व वहन गर्ने इन्टरप्रेनर जन्माउन तिर लाग्ने अठोट अध्यक्ष पौड्यालले गरेका छन् । ‘नबिलले अब कहिले पनि मानव तथा प्रकृतिलाई प्रतिकूल असर पार्ने वस्तु तथा क्षेत्रमा लगानी गर्दैन,’ उनले हाम्रोअर्थसँगको कुराकानीमा भने ।
बैंकको दीर्घकालीन रणनीति अनुसार वि.स. २०७९ सालको राष्ट्रिय धान दिवसको अवसर पारेर नबिल दिगो बैंकिङ योजना शुरुवात गरेकोे थियो । संयुक्त राष्ट्र संघ ल्याएको दिगो विकासको एजेन्डालाई बैंकले प्रतिवद्धता जनाउँदै स्वच्छ पर्यावरण निर्माणमा सघाउन दिगो बैंकिङ योजना बनाएको हो ।
के के मा ‘नम्बर वान’ नबिल ?
बैंकले व्यवसायिक यात्राको थालनी ५ वर्ष पछि एनएबीएसवाईएस बैंकिङ सफ्टवेयरमा आधारित सेवाबाट सुरु गरेको थियो । नबिल नै पहिलो बैंक हो, जसले सन् १९९० मा मास्टर कार्डको म्यानुअल इम्प्रिन्टर (जिप–ज्याप) मेसिन सुरु गर्यो ।
सन् १९९२ मा बैंकले मास्टर कार्ड क्रेडिड कार्डको सुरुवात गरेको थियो । त्यसको अर्को वर्ष पछि बैंक भिसा कार्डमा गएको हो । बैंकले सन् १९९५ देखि नै एमटीएम प्रयोगमा ल्याएको छ । त्यसको लगत्तै सन् १९९७ मा बैंकले पीसीओ मेसिन र भिसा क्रेडिड कार्ड जारी गर्यो ।
बैंकले स्वफ्ट सर्भिस भने सन् १९९८ मा सुरु भएको हो । सन् २००३ मा फिनाकल कोर बैंकिङ, इन्टरनेट बैंकिङ र एबीबीएस सर्भिस सुरु गरेको थियो ।
सन् २००५ मा भिसा डेभिड कार्ड (इलेक्ट्रोन) जारी भयो । जसले डेभिड कार्ड प्रयोगकर्तालाई सहज बनायो । सन् २०११ मा बैंकले अनलाइन खाता खोल्ने प्रणलाीको विकास गर्यो र यूनियन पे अन्तर्राष्ट्रिय सेवा एटीएम नेटवर्किङ र पीओएसबाट प्रदान गर्ने पहिलो बैंक बन्न सफल भयो ।
साथै, सन् २०१२ मा थ्रीडी (सुरक्षित इ–कमर्स) लागू गर्ने पहिलो बैंक बन्यो । बैंकको मोबाइल एपको प्रयोग सन् २०१३ बाट गर्दै आएको छ । सन् २०१४ मा बैंकबाट जारी सम्पूर्ण कार्ड प्रतिस्थापन गरेर व्राण्डेड ईएमभी कार्डहरू जारी गर्यो र इन्टरनेट बैंकिङमा २ एफए (मोवीटोकन) सेवा लागू गरियो । माइक्रो फिल्ममा सिग्नेचरलाई डिजिटलाइजेशन गर्ने पहिलो बैंक पनि नबिल हो ।
सन् २०१५ मा अनलाइन कर्पोरेट भुक्तानी सेवाको सुरुवात भयो । सन् २०१७ मा इ–कमर्श प्राप्ति (भुक्तानी गेटवे) र नबिल भाइबर बैंकिङको शुभारम्भ गरियो ।
सन् २०१८ मा एनएफसी कन्ट्याक्टलेस कार्ड जारी गर्ने र युनियन पे इन्टरनेशनल क्यूआर सेवा प्रदान गर्ने पहिलो बैंक बन्न नबिल सफल भयो । सन् २०१९ मा फेसबुक प्लेटफर्मबाट च्याटबो ‘नबिना’ को शुभारम्भ, ७ दिन २४ घण्टा ग्राहक सेवा केन्द्र सुरु र एनएफसी कन्ट्याक्टलेस पीओएस मेसिन प्रयोगमा ल्याइयो ।
सन् २०२० मा बैंकको ३६ औं वार्षिकोत्सवको अवसरमा ‘नबिल डीजीबैंक’ स्थापनाको घोषणा, फोनबाट कर्जा स्वीकृत गर्ने पहिलो बैंक बन्यो, शाखा काउन्टरहरूमा क्यूआर मार्फत् ‘स्क्यान र विथडङ’ सेवा प्रयोगमा ल्याइयो र हरियो पिन प्रयोगमा ल्यायो ।
बैंकले सन् २०२१ मा ६ वटा नयाँ सेवाहरू सुरुवात गर्यो । जस अन्तर्गत नबिल स्मार्ट बैंक एममा कार्डहरू एकीकृत गर्ने पहिलो बैंक बन्न सफल भयो । नबिल नगद मेसिन (एनसीएम) प्रयोगमा ल्याइयो । कोर बैंकिङ प्रणाली फिनाकललाई १०.२५ मा स्तरोन्नति गरियो ।
त्यसरी नै नबिल डीजी बैंक पोटर्ल सार्वजनिक गरियो । अनलाइनबाटै ग्राहक पहिचान गरी खाता खोल्न सकिने सेवाको सुरुवात भयोे । भर्चुअल आईकार्ड जारी गर्न समेत नबिलले थालनी गरिसेकको छ ।
नबिल बैंकले ठूला परियोजनामा सहवित्तीयकरणको माध्यमबाट सेवा दिन २०४९ सालमै सुरु गरिसकेको थियो ।
१० वर्षमा कति तिर्यो नबिलले सरकारलाई कर ?
नबिल बैंक सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा ७ पटक सम्मानित भइसकेको छ भने अन्तर्राष्ट्रिय अवार्डबाट पनि पटक पटक सम्मानित भएको छ ।
निजी क्षेत्रको अग्रणी बैंक नबिलले पछिल्लो १० वर्षमा २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ । बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैया कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो सातौ पटक हो ।
नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउँदै सीईओ ढुंगानाले वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा दिँदै ढुकुटी भर्न पाउँदा खुसी लागेको बताए ।
नबिलको नविन स्कीम
नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको थियो ।
‘नबिल जेन अल्फा’ १८ वर्ष भन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम हो। नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा लोड गर्न सक्नेछन् ।
यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’को सुरुवात गरेको छ ।
नबिल बैंकले सामाजिक उद्यमशीलताको लागि नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दिर्घकालिन समाधान गर्ने उदेश्यले उक्त कार्यक्रमको सुरुवात गरेको हो । यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न सहयोग गर्नेछ ।
यस्तो छ नबिलको लाभांश इतिहास
हजारमा लगानी गर्ने लगानीकर्तालाई करोडपति बनाएको नबिल बैंकले पछिल्लो २० वर्षमा १४० प्रतिशतसम्म लाभांश दिएको छ । यो दुई दशकमा बैंकले ३० प्रतिशतभन्दा कम लाभांश दिएको छैन । बोसर सेयरलाई भन्दा नगद लाभांशलाई जोड दिएको यस बैंकले आर्थिक वर्ष २०६०/६१ मा ६५ प्रतिशत नगद लाभांश दिएको थियो । त्यसको ३ वर्षपछि बैंकले सबैभन्दा बढी १०० प्रतिशत लाभांश र ४० प्रतिशत बोनस सेयर विवरण गरेको थियो ।
बैंकले त्यसको पछिल्लो आर्थिक वर्ष २०६४/६५ मा ६० प्रतिशत नगद र ४० प्रतिशत बोसन वितरण गरेको थियो । लाभांश वितरणमा नगदलाई फोकस गर्दै आएको बैंकले आव २०७६/७७ देखि भने बोसनलाई केन्द्रमा राखेको छ । ३५.२६ प्रतिशत लाभांस वितरण गरेको बैंकले त्यो आर्थिक वर्षमा कर प्रयोजनको लागि १.७६ प्रतिशत नगद लाभांश दिएर बाँकी ३३.५ प्रतिशत बोसन वितरण गरेको छ । गत आवमा नाफाबाट बैंकले बंगलादेश बैंकलाई आफूमा गाभेपछि पनि ३० प्रतिशत लाभांश बाडेको छ ।