एनआईसी एसिया बैंकद्वारा दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकलाई कुल ५० लाख रूपैयाँ हस्तान्तरण

काठमाडौं । एनआईसी एसिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ५० लाख रूपैयाँ हस्तान्तरण गरिएको छ ।

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बिमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो ।

दुर्घटना बिमा वापतको बिमा लाभ प्राप्त गर्ने ग्राहकहरूमा चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्रप्रसाद बछाडको भाइ राजनप्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका भएका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमादेवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्णप्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारी छन् । निज लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन्।

यस बैंकको बिमासहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकहरूलाई ९ करोड ४० लाख रूपैयाँभन्दा बढी बिमा दाबी रकम हस्तान्तरण भइसकेको छ। जसमध्ये घातक रोग बिमाबापत २८ जनाले ३ करोड रूपैयाँ, दुर्घटना बिमाबपत १७ जनाले १ करोड ७० लाख रूपैयाँ र मेडिकल बिमाबापत ३ हजार ७१ जनाले ४ करोड ७० लाख रूपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स