राष्ट्रिय वाणिज्य बैंकको शाखा थप ७ स्थानमा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो शाखा थप ७ स्थानमा विस्तार गरेको छ । बैंकले देशभरको विभिन्न जिल्लामा थप ७ शाखा कार्यालय विस्तार गरेको हो ।

बैंकले काठमाडौंको बलम्बु, कागेश्वरी, गोदावरी, कमलविनायक, चितवनको माडी, सिन्धुपाल्चोकको साँगाचोकगढी र प्युठानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ ।

बैंकले सातै प्रदेशको ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैकिंङ मार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स