मेरोमाइक्रो फाइनान्स लघुवित्तको २१.०५२ प्रतिशत लभांश घोषणा

काठमाडौं । मेरोमाइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा भएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको ११७ औ बैठकबाट सेयरधनीहरुलाई नगद लाभांश दिने प्रस्ताव पारित भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मूनाफाबाट २१.०५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये बोनस सेयर २० प्रतिशत र कर प्रयोजनार्थ १.०५२ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपश्चात् सेयरधनीहरुमा वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स