काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलवी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजको पत्नी श्रीमती विमला गुराँगाईलाई सो रकम मिति २०८० साल असनर १९ गते सोमबारका दिन बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सूर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरूबीच हस्तान्तरण गरिएको हो । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेसँग खातावालाहरूको दुर्घटना मृत्यृ बीमा खरिद गरेको हो ।
यस दुःखद घडीमा सो रकमले मृतकको परिवारमा केही सहयोग हुन्छ भन्नेमा बैंक आशावादी छ । हाल हिमालयन बैंकले विशेष तलवी खाता र नारी वचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य वचत योजनाहरुमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ ।
हाल बैंकले देश भरि रहेका १८९ शाखाहरू, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरूबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।