मर्जरपछि यसको क्षमता र सेवा दिने लक्ष्य अझ घनिभूत हुनेछः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाहरू मर्जर पछि अझ बलियो बन्ने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै मन्त्री डा. महतले भने–मर्जरपछि यसको क्षमता र सेवा दिने लक्ष्य अझ घनिभूत हुने छ ।’

एकीकृत कारोबारको शुभ अवसरमा अर्थमन्त्री डा. महतले अन्य जस्तो अवस्था र परिस्थिति भएपनि लघुवित्तहरूले आफ्नो लक्ष्य बिर्सन नहुने बताए । मन्त्री डा. महतका अनुसार साना किसानको जीवनस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य हो । सरकारको पनि त्यही लक्ष्य हो, एउटा तहबाट अर्को तहमा जाँदा महँगो हुने भयो भनेर सरकारले संस्थागत संयन्त्र विकसित गरेको छ । उनले भने–‘कसरी थोरै ब्याजमा पूँजी प्रवाह गर्ने भन्ने विषय हाम्रा लागि चुनौति हो ।’

मन्त्री डा. महतले नुवाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरबाट सुरु भएको साना किसान विकास लघुवित्त अहिले देशैभर फैलिएको बताउँदै एकीकृत सेवा प्रवाह भएपछि हुम्ला पनि समेटिने विश्वास व्यक्त गरे ।

‘१२ लाख साना किसान परिवार सहकारीमार्फत् सेवा प्राप्त गरिरहेका छन् । यो ठूलो संख्या हो । ४५ अर्ब र सहकारी आफैले सञ्चालन गरेको स्थानीय वित्तीय स्रोतबाट ६७ अर्ब रुपैयाँ किसानलाई आवश्यक सेवा दिएको जानकारी प्राप्त भएको छ । ८० प्रतिशत यसमा महिला सहभागी हुनुहुन्छ, आदिवासी जनजातिको ३८ प्रतिशत, दलितको संख्या ११ प्रतिशत रहेको तथ्यांक छ, समग्रमा जनसंख्याको जुन आकार छ, त्यो सबैलाई समेट्ने खालको छ, यो एकदमै खुशीको कुरा हो,’डा. महतले भने ।

सरकारको गरिबी निवारणको लक्ष्य, सन् २०३० सम्म दीगो विकासको लक्ष्यमा पुग्ने भनिरहेका बेला ति मध्येको एउटा गरिबी हटाउने महत्वपूर्ण लक्ष्यलाई साना किसान लघु वित्तीय संस्थाले ठूलो भूमिका खेल्ने उनले बताए ।

मन्त्री डा. महतले भने–‘वित्तीय संस्थामा समस्या देखिएको छ, सहकारी संस्था देशैभरि विस्तार भएको छ । स्थानीय सहभागी हुन्, त्यहीबाट सानोतिनो पुँजी जम्मा होस् र त्यहीका सञ्चालकहरू हुन् । सरोकारवालाकै नियन्त्रणमा संस्था हुन्छ भन्ने हाम्रो ठम्याइ हो । तर, यसले ठूलो आकार लियो, यसको सरोकारवालाबाट व्यवस्थापक टाढा भए । जसले गर्दा सहकारी र लघुवित्तमा समस्या आयो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स