प्रभु बैंकद्वारा कीर्तिपुरको नौमूले खानेपानीलाई डष्टविन हस्तान्तरण

काठमाडौं । प्रभु बैंकले कीर्तिपुर नगरपालिका वडा नम्बर –६ स्थित नौमूले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई डष्टविन उपलब्ध गराएको छ । बैंकको चोभार शाखाले आज एक समारोहकाबीच समितिलाई सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगमा १० वटा डष्टविन उपलब्ध गराएको छ ।

बैंक वागमती प्रदेश प्रमुख राजु के.सीले समितिका अध्यक्ष सोबितराम कार्कीलाई उक्त डष्टविन हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख केसीले यस्तो सहयोग आगामी वर्षहरुमा पनि निरन्तर दिने बताए । कार्यक्रम कीर्तिपुर शाखा प्रमुख जयराम खड्काको पनि उपस्थिति रहेको थियो ।

उपभोक्ता समितिका अध्यक्ष कार्कीले उक्त डष्टविन आफ्नो कार्यक्षेत्रभित्रका मठमन्दिर, सामुदायिक भवन एवम् सार्वजनिक स्थलहरूमा राखिने बताए । उक्त उपभोक्ता समितिले १३ सयभन्दा बढी घरधूरीलाई २४ सैं घण्टा खानेपानी उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स