नेप्सेमा दुई लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको हो । नेप्सेले असार २४ गतेदेखि लागू हुने यी दुई लघुवित्तको कारोबार रोक्का गरेको हो।

दुवै कम्पनीको असार १७ गतेको पत्रानुसार नेप्सेले उक्त कम्पनीहरुको सेयर कारोबार रोक्का राख्ने भएको हो ।

मर्जरपछि यी दुई कम्पनीले ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्दैछन्।

नेप्सेले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम सेयर कारोबार रोक्का हुने नेप्सेले प्रष्ट पारेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स