राष्ट्र बैंकले दोहोरो प्रकृतिको मौद्रिक नीति ल्याउनु पर्छः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले राष्ट्र बैंकले दोहोरो प्रकृतिको मौद्रिक नीति ल्याउनु पर्ने बताएका छन् । आज आयोजना गरिएको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव कार्यक्रममा परिसंघ अध्यक्ष अग्रवालले व्यवसायीहरुको खस्किएको मनोबल उकास्ने गरी राष्ट्र बैंकले दोहोरो मौद्रिक नीति ल्याउनु पर्ने बताएका हुन् ।

उनले ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य पूरा गर्न पनि मौद्रिक नीतिले योजना अघि सार्नुपर्ने बताए । उनले कर्जा बिस्तारको नीति आउनुपर्ने र त्यो उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिए ।

उनले एकल अंकको ब्याजदर कायम हुनुपर्ने पनि बताए । उनले दुई खाले ब्याजदर नीतिको आवश्यकतामा पनि जोड दिए ।

‘पछिल्लो एक वर्षभन्दा लामो समयदेखि नेपाली अर्थतन्त्रमा देखिन थालेको समस्या यतिबेला सतहमा आएको छ,’। उनले भने, ‘अर्थतन्त्र मन्दिबाट गुज्रिरहेको र उपभोक्ताको कार्य क्षमता कमजोर भएको छ । उद्योग व्यवसायको उधारो कारोबारको रकम उठ्न नसकिरहेको र यो परिस्थितिले उद्यमी व्यवसायको मनोबल खस्किएको छ ।’

अर्थतन्त्रको यो परिस्थितीलाई हल गर्नमा सघाउनुपर्ने चुनौतिमा रहेको राष्ट्र बैंकलाई सोहीअनुरुपको मौद्रिक नीति ल्याउन अनुरोध गर्दै त्यसमा सक्दो सहयोग गर्न आफूहरु तयार रहेको उनले बताए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स