काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबि बैंकको ऋणपत्र सूचीकृत भएको छ। बुधबार बैंकको ४ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत नेप्सेमा भएको हो ।
नेप्सेमा बैंकको ‘एनएमबि डिबेन्चर-२०८९-९०’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार अंकित दरका कुल ४० लाख इकाइ सूचीकृत भएको छ।
बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्।
एनआईबिएल एस क्यापिटमार्फत यो ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।