एनआईसी एशिया बैंकका ग्राहकलाई कोरियन स्किन हस्पिटल ‘लेट मी इन’मा छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वर र महाराजगन्जमा सञ्चालित कोरियन स्किन हस्पिटल ‘लेट मी इनमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।

समझदारीपत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र हस्पिटलका तर्फबाट निर्देशक मा दोङ सुले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार एनआईसी एशिया बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले यो फाइदा उपभोग गर्न सक्नेछन्।

यो सम्झौताअन्तर्गत सबै प्रकारका फेसियल र उपचारमा यो छुट उपलब्ध गराउनेबारे दुबै पक्षबीच समझदारी भएको छ। डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसमक्ष पुर्याउने हेतुले बैंकले यो सहकार्यलाई अगाडि बढाएको हो भने भविष्यमा समेत बैंकले यसैगरी डिजिटल भुक्तानीलाई बढवा दिनका लागि यस खालका सहकार्यलाई बढाउदै लैजाने लक्ष्य लिएको छ।

मुलुकमा भुक्तानीको माध्यम नगदबाट डिजिटलतर्फ उत्साहजनक रुपमा अगाडि बढिरहेको अवस्थाबीच यस खालका साझेदारीले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स