राष्ट्र बैंकद्वारा लघुवित्त संस्थाका सदस्यहरुको समस्या सम्बोधन गर्न गुनासो सुनुवाइ डेस्क स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका सदस्यहरुको समस्या सम्बोधन गर्न गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ। राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा उक्त डेस्क स्थापना गरिएको हो।

अब लघुवित्त वित्तीय संस्थासँग बचत तथा कर्जाको कारोबार गरिरहेका सरोकारावाला सदस्यहरुले लघुवित्त सेवासम्बन्धी आफ्ना गुनासा उक्त डेस्कमा पेस गर्न सक्नेछन्।

यो डेस्कमा आफ्ना गुनासा पैसा तिर्नु नपर्ने (टोल फ्री) फोन नं. १८१०५००००२२ मार्फत टिकाउन सक्नेछन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स