काठमाडौं । मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गरेर एनआईबिएल एस क्यापिटलले एकीकृत कारोबार सुरु गरेको छ। प्राप्ति प्रक्रिया पूरा गरी एनआईएमबि एस क्यापिटल लिमिटेडको नामबाट आज असार १८ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।
दुवै संस्थाहरुकोे जेठ २९ गते सम्पन्न विशेष साधारण सभाको निर्णयद्घारा पारित प्रस्ताव बमोजिम एनआईबिएल एस क्यापिटल लिमिटेडमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय गरेको र गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व समेत आफूले सकार्ने निर्णय समेत गरेको छ ।
प्राप्ति (एक्विजिसन) पश्चात कम्पनीको चुक्ता पूंजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरु र ५५ वटा भन्दा बढी कम्पनीको सेयर रजिष्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढी सेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ । यस प्राप्ति (एक्विजिसन)पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेण्ट बैंकिंङ व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भईरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हँुदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास समेत क्यापिटलले लिएको छ ।
प्राप्ति (एक्विजिसन) पश्चात साविकको एनआईबिएल एस क्यापिटल लिमिटेडको नाम समेत एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ गतेमा स्वीकृति प्राप्त भईसकेकोे छ । साविकका दुवै संस्थाहरुको असार १२ गतेमा बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् परिवर्तित नाम ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ बाट असार १८ गते सोमबार देखि एकिकृत व्यवसाय ÷ कारोबार सञ्चालन गरेको हो ।
साथ,ै यस एकिकृत कारोवारलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपले सहयोग पुर्याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड , सिडीएस एण्ड क्लियरिंग लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडको सञ्चालक समिति तथा संलग्न अन्य कर्मचारीहरुमा धन्यवाद व्यक्त गरेको छ ।