समाज लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । समाज लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी २ करोड रहेको छ ।

आज भन्दा दुई वर्ष अघि स्वस्तिक लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेको लघुवित्त मर्जर भंग भए पनि दोस्रो बजारमा कारोबारमा आउन सकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स