काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक लघुवित्तको करिब साढे २ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
जसमा, लघुवित्तको १५ प्रतिशत दरका कुल २ लाख २१ हजार ८५९ कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।