राष्ट्र बैंकद्वारा नयाँ सारथी लघुवित्त र विजय लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले असार १५ गते यी दुई लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेसँगै अब यी दुई लघुवित्तले एक महिना भित्र एकिकृत कारोबार सुरु गर्नु पर्ने छ । विजय लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु गर्नु पर्ने छ ।

दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि वैशाख ३० गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

यी दुवै लघुवित्तबीच गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

यी दुवै लघुवित्त बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा मर्जर हुँदैछन्।

विजय लघुवित्तको गैंडाकोट नवलपरासीमा केन्द्रीय कार्यालय रहेको छ भने नयाँ सारथी लघुवित्तको दमौली तनहुँमा केन्द्रीय कार्यालय रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स