नेप्सेमा ३ लघुवित्तको करिब २४ लाख कित्ता बोनस सेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ लघुवित्तको करिब २४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । गत साता समता घरेलु लघुवित्त,महुली लघुवित्त र जीवन विकास लघुवित्तको गरि कुल २३ लाख ९३ हजार ७४९.७४२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा, असार १२ गते (मंगलबार) समता घरेलु लघुवित्तको १५ प्रतिशत दरका कुल ५ लाख १४ हजार ११६.२९ कित्ता र महुली लघुवित्तको १४.२५ प्रतिशत दरका कुल ४ लाख २ हजार ९१.४५२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, असार १३ गते (बुधबार) जीवन विकास लघुवित्त वित्तीय संस्थाको १४.२८५ प्रतिशत दरका कुल १४ लाख ७७ हजार ५४२ कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स